गोरखा । गोरखाको सिरानचोकमा मासु लिन गएका १ जना पुरुष मृत्त फेला परेका छन् । मृत्तक ब्यत्ती सिरानचोक गाउँपालिका–४ भरलाबोट बस्ने ४६ वर्षीय रमेश विक भएको गोरखा प्रहरी पुष्टी गरेको हो ।
जनैपुर्णिमाको अवशरमा गाउँमा मासु लिन गएका विक भरलाबोटकै चेपे नेपालीको घरको पिँढीमा बिहीबार मृत्त फेला परेको प्रहरीले जानकारी दिएको छ । मासु लिन गएका उनी मादक पदार्थ सेवन गरी चेपे नेपालीको घरमा रहेको खाटमा सुतेका थिए ।
अवेरसम्म पनि नउठे पछी बोलाउन जादा नबोले पछी मृत्त अवस्थामा देखे पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृत्त विकको शव पोष्टमार्टम पछी परिवारलाई बुझाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया