
ललन कुमार चौरसिया
साउन १०, रौतहट । रौतहटमा ट्याक्टर पल्टिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्राक्टर चालक बौधिमाई नगरपालिका –३ मटिअर्वा बस्ने विरेन्द्र प्रसाद पटेलको छोरा अन्दाजी १५ वर्षिय उधव पटेल रहेको जनाइएको छ ।
मटिअर्वा पर्ने लालबकैया नदीको बाँधमा नदी पारी बाट खेत जोतेर घर फर्कने क्रममा बेलुका करिब ६ः३० बजे प्रदेश नं २–०३–००१ त – ४३९ नम्बरको इन्दोफार्म ट्राक्टर अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कोपवा पिपरियालाई जानकारी गराई सकेको स्थानीयहरूले बताएका छन।
प्रतिक्रिया