साउने झरी : एक अधुरो प्रेम कथा

साउने झरी : एक अधुरो प्रेम कथा

बर्खायामको समयमा अविरल वर्षिरहेको पानीलाई साथ दिन सुर्य चुरोटको धुवा उडाउदै काठमाडौको गल्लिमा छाता ओढेर हिडिरहेको थिए । पानी परेकोले होला बाटोमा मानिसहरूको आवतजावत कम नै थियो।

आफ्नै सुरमा हिडिरहेको बेलामा एक्कासि आफ्नो छातामुनी अर्को मानव आकृति देख्दा म तर्सिएर केही पर सरे।

“हाहा तर्स्यौ हैन त तिमि?” भन्दै उ जोडजोडले हासिरहेकी थिइन।

म दोधारमा परे, बर्सौपछी भेटेको उसलाई देखेर खुसी हौ कि उस्को यादले तड्पिएर बिताएका दिन सम्झेर दुखी हौ।

त्यही नि सम्यमित भएर मुहारमा मन्द मुस्कान दिएर भने “तिमी यहाँ ? कसरी?”

“घर जाँदै थिए बाटोमा पानी पर्यो, तिमिलाई देखे अनि संगै जाऔ भनी आएको नि।” उसले भनी।

कति सजिलै संग बोलिरहेकि थिइन उनी मानौ हामिबिच केही सम्बन्ध नै थिएन अनि म भने एक शव्द बोल्न पनि सन्कुचनमा थिए ।

एक अर्काको हालखबर सोधपुछ गर्दै हामी अघि बढिरहेको थियौ।

उस्को र मेरो घर जान छुट्टिने दोबाटो आइपुग्यो अनि हाम्रो छुट्टिने समय पनि।

मैले भने ” राम्रो संग जाउ ल, आफ्नो ख्याल राख बाई।”

उसले मलिन अनुहार लिएर भनिन, ” तिमिलाई एउटा कुरा सोधौ?”

  “हस् सोध न” “तिमिले चुरोट खान थालेछौ है? मलाई ख्याल राख भन्नेले आफ्नो ख्याल चाहिँ किन राख्दिनौ?”

लौ खत्तम उ आउनासाथ मेरो हात बाट आफै चुरोटको ठुटो झरिसकेको थियो ।

म यो सब उसलाई देखाउन चाहन्न थिए तर उसले अगाडि नै देखिसकेकी रैछे । अब उसले थाहा पाइसकेसी झुटो बोलेर केही मतलब पनि थिएन।

अनि भने ” उम् बेलाबेलामा मन भुलाउन तान्ने गर्छु।”

“आखिर किन तान्छौ? के फाइदा यसले?” उसले भनी

” यो चुरोट नै त छ जसले एक्लोपनको साथ र तिम्रो याद दिलाउने गर्दछ।” मैले नढाटी भनिदिए ।

रुन्चे अनुहार लगाएर उसले भनिन ” तिमी अझै Move On हुन सकेको छैनौ है? अनि यो चुरोटले मेरो याद कसरी दिलाउछ ह?”

मैले मुस्कुराउदै जवाफ दिए ” मैले यो चुरोटलाई चुम्नुसम्म चुमेपछि आफ्नै खुट्टाले कुल्चिदिन्छु थाहा छैन म यसलाई माया गर्छु कि घृणा ठ्याक्कै तिमिले जस्तै।”

मैले यति भन्नासाथ उसको रुन्चे अनुहारमा बादल बर्सन थाल्यो र आसुको भेल बग्न थाल्यो। लाग्दै थियो उसको आखाले यो बर्सायामको झरी संग प्रतिस्पर्धा गर्दै छ।

त्यसपछी एक शब्द पनि नबोली उनी दौडेर गइन दौडिरहिन एक पटक पनि पछाडी नफर्किकन अघि बढिरहिन रुदै आँसु पुछ्दै ,झरिसंग प्रतिस्पर्धा गर्दै फेरि म बाट टाढा धेरै टाढा , फर्की आउने आसमा मैले बोलाए उसलाई पछाडी बाट ” नानु…”

झल्यास्स…म निन्द्राबाट ब्युझिए, के यो सपना नै थियो? त म एकछिन त असमन्जसमा परे। ओठमुख सुकेको थियो नजिकै रहेको पानीको बोतल तानेर आधा बोतल पानी घटघट पिए, घडीले बिहानको आठ बजाईसकेको रहेछ।

लकडाउनको समय थियो सुत्ने खाने भन्दा काम पनि त थिएन, आखिर चाडै उठेर गर्नु चाहि के? नित्यकर्म सकेर चिया खादै सपनिको बारेमा सोच्दै बसे। तिन बर्ष भैइसकेको थियो उसको र मेरो बिछोड भएको।

सुरुसुरुमा सपनिमा आएपनी धेरै भएको थियो उ सपनिमा आउन छाडेकी तर आज एक्कासि उ आएकी थिइन अनि रुदै गएकी थिइन। यहि कुरा सोच्दै थिए, हजुरआमा ए बाबू उठ्यो ल टीका लगाउ भन्दै आउनुभयो। मैले उहाको हातबाट टिका र आशिर्वाद थाप्दै आज के होर टीका लगाइदिनु भएको भनेर प्रश्न गरे।

 

“लौ आज साउने सक्रान्ती होनि तिमिलाई थाहा छैन??” हजुरआमाले भन्नुभयो। ह! साउने सन्क्रान्ती??.. लकडाउनको समयमा घरमै बसेको भएर होला मलाई महिना,दिन,गते ,बार आदिको बारेमा केही थाहा थिएन अनि जान्ने चाहा पनि थिएन। मेरो लागि हरेक दिन शनिबार थियो हजुरआमाले भन्नुभएसी मलाई आज उ सपनिमा आउनुको रहस्य थाहा पाएजस्तो लाग्यो। साउनको महिना हरियालीको महिना, प्राकृतिक हरियाली सगै नारिहरु पनि नाडिमा हरियो पहेलो चुरा संगसंगै हातमा विभिन्न डिजाइनका मेहेन्दी लगाएर रमाइरहेका हुन्थे।

त्यही भिडमा थिइन `मेरि उनी, मेरि नानू´ चार बर्ष भएको थियो हाम्रो प्रेमसम्बन्ध सुरु भएको।उसो त हाम्रो लागि हरेक दिन खास हुन्थ्यो अझ साउनको महिना त धेरै खास, हामी भेटेको महिना जो थियो। उ साउन महिनालाई पर्वको रुपमा मनाउथिन, हातमा राम्रो डिजाइनको मेहेन्दी, नाडिमा हरियो र पहेलो मिलाएर लगाएको छिनछिन बज्ने चुरा अनि मलाई भेट्न आउदा लगाउने हरियो रंगको कुर्ताले उनी स्वर्गकि परि भन्दा कम देखिन्नथिन अनि म यसै फिदा।

साउनको सन्क्रान्ती र साउनको हरेक सोमबार उ व्रत बसेको हुन्थिन। उ व्रत बसेको दिन भने मेरो लागि एउटा नियम नै बनाइदिएकी थिइन। व्रत बसेको हरेक साझ हामी सधै भेट्ने रेस्टुरेन्टमा भेट्थ्यौ, मैले लगेको चकलेट अनि एउटै कपमा कफि पिएसी मात्र उसले आफ्नो व्रत तोड्थिन। काम विशेषले जान पाएन भनेपनि उ रिसाएर केही नखाई बस्थिन अनि मलाई जानू नै पर्थ्यो। अपर्झट कतै बाहिर गएको बेलामा भने भिडियो कलमा बोलेपछी मात्र उसले केही खान्थिन। अझ मेहेन्दी लगाएर आएको दिन त उस्को हातमा आफ्नो नाम खोज्दाखोज्दै म हैरान हुन्थे, मैले नभेटेसी उसले चिमोटेर मेरो पाखुरा रातै बनाइदिन्थिन।

यसरी नै हाम्रो माया प्रेम झाङिएर गैराखेको थियो। साउनकै अन्तिम सोमबार थियो,म अफिसको काम सकेर निस्कदा केही ढिला भयो बाटोमा चकलेट किनेर फर्किने क्रममा एउटा केटीले बाइक रोकेर लिफ्ट मागीन। म पनि त्यतै जानुपर्ने भएकाले उसलाई चडाएर म उ संग सामान्य कुरा गर्दै बाइक चलाइरहे। बाटोमा जाममा पर्दा उसको एउटा साथिले हामिलाई देखेछ अनि फोटो खिचेर उसलाई पठाइदिएछ।

अफिसको काम र काठमाडौको जामको कारणले गर्दा म सदाको भन्दा ढिला रेस्टुरेन्ट पुगेको थिए उ आइसकेकी रहिछिन, सुरुमै कफि अर्डर गरेर म उसको अगाडि गएर बसे। उ अरु बेला भन्दा फरक देखिन्थिन रिसाएकि अनि रुन्चे अनुहारमा। म बस्नासाथ उसले उक्त फोटो देखाएर मसङ झगडा गर्न थालिन, म ढिला आउनुको कारण त्यही देखाइन , मेरो त्यो चोखो माया त्यो फोटो संग दाज्न थालिन। उसले मलाई एक शव्द बोल्ने समय पनि दिइन मैले आफ्नो बचाउ गर्ने मौका पनि पाईन।

उस्को कुरा सकेपछी उ उठेर `म तिमिजस्तो हजार पाउछु, तिमी भन्दा धेरै राम्रो पाउछु´ भनेर रिसाउदै मैले जानसाथ हातमा राख्देको चकलेट त्यही डस्ट्बिनमा फालेर गइन उनी, एकपटक पनि पछाडी नफर्किकन अनि म त्यही टोलाएर बसिरहे।सायद उ सहि थिइन म भन्दा राम्रा त धेरै पाउथिन तर मैले भन्दा बढी माया गर्ने पाउन उसलाई धेरै गाह्रो थियो।उनी बिनाको मेरो सन्सार अन्धकारमय थियो जुन मैले कल्पना पनि गरेको थिइन।

आखिर चाहेर पनि भुल्न नसक्ने, नचाहेर पनि सम्झिनु पर्ने जिन्दगिको एक महत्त्वपूर्ण पात्र थिइन ऊनी। थाहै नपाई साउनको त्यो झरिसगै मेरा आखाको कुनाकुना बाट आसु झरिरहेको रहेछ, त्यो साउने झरिले नि मलाई साथ दिईराखेको थियो बररररररर….म झरिसङ्ग मन मनै बोलिरहेको थिए ए साउने झरी बर्सिदेउ न बेसरि नै मलाई पनि रुनु छ है तिमीसंग त्यसरी नै…

धन्यवाद🙏🙏 ✍️ शरद श्रेष्ठ

प्रतिक्रिया

TOP