काठमाडौं । आफ्ना श्रीमानले अरु महिलाको प्रशंसा गरेको त के हेरेको समेत पनि श्रीमतीलाई मनपर्दैन । तर एकजना श्रीमतीले आफ्ना श्रीमानले अर्की महिलाको सपना देखेकोसमेत सहन सकिनन् । त्यसैले सुतिरहेका श्रीमानको यौनाङ्गमा तातोपानी खन्याइदिइन् । यही आरोपमा बोलिभियाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
अडिटी सेन्ट्रल यो अचम्मको घटना गत हप्ता बोलिभियाको शहर ला पाजमा भएको हो । ती महिलाले प्रहरीलाई दिएको बयान अनुसार उनका ४५ वर्षका श्रीमान् सुतिरहेका बेला बर्बराइरहेका थिए । श्रीमानले सपनामा नै अर्की महिलालाई आफ्नो प्रेम भावना व्यक्त गरिरहेका थिए ।
श्रीमानले अर्की महिलाको नाम लिएर बर्बराइरहेको सुनेपछि रिसले आगो भएकी श्रीमती त्यसपछि भान्सामा गइन् । एक भाँडो पानी बसालिन्, मज्जाले उमालिन् र त्यो पानी श्रीमानको यौनाङ्गमा खन्याइदिइन् ।
प्रहरी स्रोतका अनुसार तातो पानीले ती पुरुषको यौनाङ्गमा क्षती पुगेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनको पाखुरा र पिठ्युँमा पनि घाउ भएका छन् ।
प्रतिक्रिया