अजिरकोट गाउँपालिकाको नीति तथा कार्यक्रम : पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने

अजिरकोट गाउँपालिकाको नीति तथा कार्यक्रम : पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने

गोरखा । अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

‘दिगो विकास हाम्रो सोच, सुन्दर शान्त समृद्ध अजिरकोट’ को लक्ष्य हाँसिल गर्न ‘हाम्रो अजिरकोट राम्रो अजिरकोट’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष दीपक देवकोटाको पहिलो कार्यकाल तथा ११ औं गाउँसभामा अघिल्ला सरकारका केहि योजनालाई समट्दै धेरै नयाँ कार्यक्रम ल्याएका छन् ।

विकास निर्माणमा स्थानीय शिप र प्रविधिको प्रयोग गर्दै सार्वजनिक, निजी र सहकारीको साझेदारीको नीति अवलम्बन गर्ने, पर्यटन प्रवद्वधनका लागि संघ, प्रदेश र सम्बद्ध निकायसँगको समन्वय, सकहार्य र सहलगानीलाई प्राथमिकता दिइ अजिरकोटलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।

व्यवसाय दर्ता वर्ष, अजिरकोटको भूगोल सुहाउँदो कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्राथमिकता, रैथाने कृषि बीज भण्डार तथा इलेक्ट्रिक शित भण्डार स्थापनाको लागि पहल, कृषि तथा पशुपालनको क्षेत्रमा कम्तीमा ६० प्रतिशत अनुदानको व्यबस्था गर्ने पालिकाको नीति तथा कार्यक्रममा समावेश छ ।

अजिरकोटको चिनारीका रूपमा रहेको नागेपोखरी, दुधपोखरी तथा नारदपोखरी पदमार्ग निर्माणको कार्यलाई निरन्तरता, किसानहरुलाई घरदैलोमै कृषि र पशुपालन सम्बन्धि सेवाप्रवाह, कृषि फर्म तथा कृषकद्वारा पशु तथा बाली बिमा गर्दा लाग्ने प्रिमियममा ५० प्रतिशत अनुदान, हिमालबाट बगेको शुद्ध खानेपानी बोटलिङ गरी राष्ट्रिय एवं अन्तराष्ट्रिय बजारमा निर्यात गर्न अवश्यक नीति अख्तियार गरी संरचना निर्माणको सुरुवात गरिने महवत्वकाक्षी योजनासमेत समावेश भएको छ ।

गाउँपालिकाभित्र रहेका प्राकृतिक स्रोत र साधनको उपयोग गरी निर्माण भएका र निर्माण हुने जलविद्युत आयोजनाहरुबाट स्थानीय सडक, सिंचाई कुलो, वन लगायतको क्षेत्रमा पुगेको र पुग्न सक्ने अतिक्रमण रोक्न आवश्यक नीति लिइनेछ । पछिल्लो समय अजिरकोट र लम्जुङको दुधपोखरी गाउँपालिकाको सिमानामा रहेको चेपेमा यस्ता खालका जलविद्युत आयोजना निर्माणको क्रममा छ । यसले प्राकृतिक रूपमा विनाश गरेको भन्दै स्थानीयहरू आन्दोलित भएका थिए।

सामुदायिक विद्यालय सुधारको लागि सामुदायिक विद्यालय क्षेत्र सुधार कार्यक्रम, गाउँपालिकालाई बन्द र हड्ताल निषेधित क्षेत्र घोषणा, सार्वजनिक र सरकारी पदमा रहेका सबै नागरिकहरुका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउन विशेष पहल गर्ने, आगामी तीन वर्षमा सम्पूर्ण नागरिकलाई स्वाथ्य बीमा कार्यक्रममा आवद्ध गरिने, निर्माणधिन भच्चेक अस्पलालबाट २४ अ‍ै घण्टा सेवा प्रवाहको सुरुवात, छोरी भए पुगिसरी कार्यक्रम मार्फत दुईवटा छोरी भई स्थायी बन्ध्याकरण गरेका दम्पतीका दुई छोरीहरुलाई कक्षा ११ र १२ मा निस्शुल्क शिक्षाको व्यवस्था गरिएकोमा सो कार्यक्रमहरुलाई निरन्तरतालगायतका कार्यक्रम छ ।

अजिरकोट उत्कृष्ट शिक्षा पुरस्कार, फर्क युवा अभियानलाई निरन्तरता, माइतीको पोसिलो कोशेली, स्थानीय कच्चा सामग्रीहरुको प्रयोगबाट उत्पदन हुने स्थानीय वस्तुहरुको उत्पादन, प्रवद्र्धन र बजारीकरणका कार्यक्रम, जेहेन्दार छात्रवृति कार्यक्रम, विकासमा महिला, सम्वृद्धिमा पहिला, ८० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई उपचारको लागि भच्चेक अस्पतालसम्म निशुलक एम्बुलेन्स सेवा, एक घर एक धारा वृहत खानेपानी आयोजना संचालन, अजिरकोट साँस्कृतिक संग्रहालयको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी संघ र प्रदेश सरकारसंग अनुदान माग्ने जस्त कार्यक्रम छन् ।

संघ तथा प्रदेश सरकारमार्फत विनियोजित भएका आयोजनाहरु कार्यान्वयनमा सर्वेको चरणदेखि नै गाउँपालिकासँग समन्वय गर्नु पर्ने पालिकाको नीति रहेको छ । कार्यान्वयन गर्ने निकायले गाउँपालिकालाई कार्य सुरु हुन पूर्व ईस्टिमेट र आयोजनाको कार्य सम्पन्न पश्चात् कार्यसम्पन्न प्रतिवेदन नवुझाएमा गाउँपालिकाले आयोजनाको अपनत्व लिन बाध्य नहुने दावी गरेको छ ।

प्रतिक्रिया

TOP