गोरखा । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद सुधन गुरुङ गृहमन्त्री बन्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
उनले शुत्रबार नै राष्ट्रपति रामचन्द्र पौडलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट गुरुङले नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई पराजित गरेका थिए। गुरुङले २९ हजार ८९६ मत प्राप्त गरेर विजयी भएका हुन्।
जेनजी आन्दोलनबाट उदाउनु भएका नवनियुक्त गृहमन्त्री गुरुङ हामी नेपाल नामक संस्थाको अध्यक्ष समेत हुन् । गोरखाको चुमनुबी गाउँपालिका स्थायी घर भएका गुरुङ भर्खरै मात्र रास्वपाबाट निर्वाचन लडेका थिए।










प्रतिक्रिया