रास्वपाका अर्का उम्मेदवार पनि कालोसूचीमा

रास्वपाका अर्का उम्मेदवार पनि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ ।

कालोसूचीमा परेको भन्दै धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको बेला कलवार पनि सोही सूचीमा रहेको पाइएको हो ।

कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको थियो । जुन अहिलेसम्म कायमै रहेको देखिन्छ ।

निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोप समेत लाग्ने गरेको छ ।

यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरमा पराजित भएका थिए । अहिले उनले रास्वपाबाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

TOP