भ्रष्टाचारीलाई कारवाही गर्दा सरकार ढाल्छ भने माओवादीलाई कुनै फरक पदैनः नेता अधिकारी

भ्रष्टाचारीलाई कारवाही गर्दा सरकार ढाल्छ भने माओवादीलाई कुनै फरक पदैनः नेता अधिकारी

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बरिष्ठ केन्द्रीय सदस्य हरिराज अधिकारीले भष्ट्राचारको फाइल खोल्दा सरकार ढल्ने अबस्था आए कुनै फरक नपर्ने बताए । माओवादी केन्द्र गोरखाको बिस्तारित बैठकलाई आज सम्बोधन गदै उनले त्यस्तो कुरा बताएका हुन् ।

उनले भ्रष्टाचारीलाई कारवाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले तिव्र पारेको भन्दै भ्रष्टाचारको फाइल खोल्दा सरकार ढल्ने अबस्था नआउने तर भष्ट्राचारीलाई कारवाही गर्दा सरकार ढल्ने अबस्था नै आएपनि फरक नपर्ने बताए ।

‘इतिहासमा प्रचण्ड नेतृत्वको सरकार जतिको अरु कुनै सरकार छैन, नेता अधिकारीले भने, ‘भष्ट्राचारको कारवाहीका सन्दर्भमा अरुले बोल्छ मात्र माओवादीले गरेरै देखाउछ भन्ने कुराको पुष्टी प्रचण्डले गर्नुभएको छ’ उनले भने । नेता अधिकारीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बिषयलाई लिएर भइसकेको टिकाटिप्पणी गलत भएको भन्दै उनले इतिहासमा पहिलो पटक नेपालका प्रधानमन्त्री भारत भ्रमण गएर नेपालको हित हुने गरी भारतसंग बिद्युत बिक्री गर्ने सम्झौता गर्न सफल भएको बताए ।

बैठकमा बोल्दै नेता अधिकारीले गोरखा जिल्लामा अहिले कति योजना पर्यो कुन पर्यो परेन भन्दापनि परेका योजनाहरुलाई सम्पन्न गर्न सिंगोपार्टी लाग्नुपर्नेमा जोडर्दिए । ‘अहिले परेका योजनाहरुलाई व्यवस्थित ढंगले अगाडी बढाउदै लैजानुपर्छ, उनले भने, ‘थप आवश्यक योजनाहरुको पहिचान र प्राथामिकीकरण गर्दै जानुपनी आवश्यक छ ।’

नेता अधिकारीले माओवादीले जितेका गोरखाका ९ वटै पालिकालाई नमुना पालिकामा रुपमा बनाउने तर्फ जोडदिनुपर्ने समेत बताए । ‘हामीले पहिले जितेका २ पालिकामा उत्कृष्ठ काम गरेबापत २०७९ को निर्वाचनमा हामीले ९ पालिका जितेका हौ, उनले भने, ‘अब ९ पालिकामा फेरि नमुना काम गरेर ०८४ को निर्वाचनमा ११ वटै पालिका जित्नुपर्छ ।’

नेता अधिकारीले माओवादीका हरेक कार्यकर्ता अब श्रम र उत्पादनसंग जोडिनुपर्ने जोड दिए । पार्टीको आगामी केन्द्रीय समितिको बैठकलाई लक्षित गरी बैठक बसेको माओवादी केन्द्र गोरखाले जानकारी दिएको छ ।

जिल्ला संयोजक बिष्णुप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला इन्चार्ज अमर तमु, केन्द्रीय सदस्य लेखबहादुर थापा, लोकप्रसाद बन्जरा, कमला नहर्की, भगवती तिवारी लगायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

TOP