नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिकाे सभापतिमा डा. गुप्ता

नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिकाे सभापतिमा डा. गुप्ता

वैशाख २०, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको सभापतिमा डा. सुवोधकुमार गुप्ता चयन भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका गुप्ता महासंघकाे व्यपार समितिकाे सभापतिमा चयन भएका हुन् ।

महासंघको कार्यकारिणी समिति सदस्यसमेत रहेका डा. गुप्ताले व्यापार समिति सभापतिको जस्तो महत्त्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

संघको कार्यकारिणी समितिको वैशाख ३ गतेको पहिलो बैठकले गुप्तालाई महासंघका अध्यक्ष चन्द्र ढकालले संघकाे विधान ३८(ग) अनुसार वैशाख १५ गते व्यपार समितिको सभापतिमा मनोनित गर्दै जिम्मेवारी दिएका छन् ।

वीरगंजका खाद्यान्न उद्योगी गुप्ता नेपाल दाल चामल तथा तेल उद्योग संघका केन्द्रीय अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

TOP