गोरखा नगरपालिका भित्रका एकल विपन्न महिलालाई बंगुर वितरण

गोरखा नगरपालिका भित्रका एकल विपन्न महिलालाई बंगुर वितरण

गोरखा, १३ असार । गोरखा नगरपालिकाले पालिका भित्र रहेका एकल बिपन्न महिलाहरुलाई आयआर्जन बृद्धिका लागि जिविको पार्जन कार्यक्रम अन्र्तगत शत प्रतिशत अनुदानमा बंगुर बितरण गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले १४ वटै वडाका २८ जना एकल महिलालाई बंगुरको पाठी बितरण गरेको नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख नविन घिमिरे जानकारी दिए ।

त्यस्तै नगरपालिका भित्रकै थप ६ जना विपन्न किसानलाई ५० प्रतिशत अनुदानमा बंगुर वितरण गरिएको उनले बताए ।

‘नगरक्षेत्र भित्रका एकल बिपन्न महिलाहरुको आर्थिक आयआर्जन बृद्धिका लागि जिविको पार्जन कार्यक्रम मार्फत अनुदान सहयोग प्रदान गरिएको हो, मेयर कृष्णबहादुर रानामगरले भने आम्दानी र गुजरा चलाउन सहयोग पु¥याउन सजिलो हुन्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रानामगरले महिला, तथा बिपन्न बर्गहरुको लागि आफू सधै साथमा रहने बिश्बास व्यक्त गरे ।

प्रतिक्रिया

TOP