गण्डकी गाउँपालिका चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानमार्ग माविलाई, दुई विद्यार्थीले पाए एक/एक लाख छात्रवृत्ति

गण्डकी गाउँपालिका चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानमार्ग माविलाई, दुई विद्यार्थीले पाए एक/एक लाख छात्रवृत्ति

गोरखा । गण्डकी गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं ७ स्थित श्री ज्ञानमार्ग मा.वि. ले जितेको छ । मंसिर २१ देखि २३ गते सम्म सञ्चालित प्रतियोगितामा ९ स्वर्ण ३ रजत र २ कास्य पदक सहित विद्यालयले रनिङ शिल्डको उपाधी जितको गाउँपालिकाले जनाएको छ ।

ज्ञानमार्गको जितमा छात्र मनिष गुरुङ तथा छात्रा रन्जिता वि.क. को विशेष योगदान रह्यो । छात्र मनिष गुरुड ले एकल विधामा ४ स्वर्ण जित्दा छात्रा रन्जिता विक ले ३ स्वर्ण जित्दै विद्यालयलाई समग्र पदक तालिकामा अगाडि ल्याउन सफल भए ।

 

त्यस्तै प्रतियोगितामा वडा नं ४ स्थित श्री दिर्घेश्वर मा.वि. ५ स्वर्ण ३ रजत तथा ३ कास्य सहित दोस्रो र साविक विजेता वडा नं ८ स्थित श्री सुर्योदय मा.वि. ४ स्वर्ण ५ रजत तथा ५ कास्य पदक सहित तेस्रो हुन सफल भयो । ज्ञानमार्ग मा.वि.को खेल मैदानमा तिन दिन सम्म चलेको प्रतियोगितामा पालिका भरका ११ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट छात्र तथा छात्राको उपाधि समेत श्री ज्ञानमार्ग मा.वि. कै छात्र तथा छात्राले जित्न सफल भएका छन् । छात्र तर्फ मनिष गुरुङ तथा छात्रा तर्फ रन्जिता विक सर्वोत्कृष्ट हुदै गाउँपालिकाले घोषणा गरिए बमोजिमकै वार्षिक रु एक लाख सम्मको छात्रवृत्ती जित्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटिले जानकारी दिए ।

दुवै छात्र छात्रा हाज ज्ञानमार्ग माविमा कक्षा ११ मा अध्ययनरत छन् । उनिहरुले जुनसुकै प्राविधिक तथा अप्राविधिक विषयमा उच्च शिक्षा अध्ययनमा प्रोत्साहनका लागि वार्षिक एक लाख रुपैयासम्मको छात्रवृत्ति प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगिताका सम्पूर्ण विजेताहरुलाई गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, वडा अध्यक्षज्यहरुले पदक तथा प्रमाणपत्र हस्तानतरण गरेका थिए ।

प्रतिक्रिया

TOP