बलात्कार गरेको आरोपमा २७ बर्षका एक युवक पक्राउ

बलात्कार गरेको आरोपमा २७ बर्षका एक युवक पक्राउ

गोरखा । जबरजस्ति करणी गरेको आरोपमा गोरखाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पालुङटार नगरपालिका वडा नं.६ जुडीखोलाका २७ वर्षीय नरेश तामाङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेका तामाङले सोही स्थानका ३० वर्षीय महिलालाई बुधबार राती अन्दाजी ११ः ३० बजेको समयमा बलात्कार गरेका थिए ।

तामाङले महिलालाई विभिन्न डर–त्रास, धाक–धम्की दिई जबरजस्ती करणी गरेको पिडितले दावी गरेको छ । घटना पछि पिडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।

पक्राउ परेका तामाङलाई आइतवार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

TOP