गोरखामा श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

गोरखामा श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

गोरखा। गोरखामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ परेका छ्न । जिल्लाको पालुङटार नगरपालिका–७ च्याङली, माझगाउँकी एक ३६ बर्षिया गर्भवती महिलाले आफ्नो सहमती बिपरीत श्रीमानले आफुलाई जबरजस्ती बलात्कार गरेको भन्दै भाद्र २४ गते आइतबार प्रहरी उजुरी दर्ता गराएपछि उनको श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमान बिरुद्व श्रीमतीले जबरजस्ती करणी गरेको भन्दै मुद्वा दर्ता भएपछि प्रहरीले ति पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए । उजुरीकै आधारमा प्रहरीले उनको श्रीमानलाई प्रहरीले पक्राउ गरेको हो ।

पिडित महिलाका अनुसार श्रीमानले पटक पटक आफ्नो सहमती विपरीत धाक, धम्की दिदै कुटपिट गरेर जबरजस्ती गर्दै आएकोले उजुरी गर्न बाध्य भएको जनाएको छ । महिलाको उजुरीको आधारमा गोरखा प्रहरीले पिडक पुरुषलाई भाद्र ३१ गते आइतबार पक्राउ गरी बैवाहिक जबरजस्ती करणी कसुर शिर्षकमा मुद्वा दर्ता गरी अदालतबाट अनुसन्धानकालागी म्याद थप गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका पुरुष प्रहरीको हिरासतमा रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुवैको नाम प्रहरीले गोप्य राखेको छ ।

प्रतिक्रिया

TOP