गोरखामा एक युवक मृत्त फेला

गोरखामा एक युवक मृत्त फेला

गोरखा । गोरखा सदरमुकामको बाह्ककिलो क्षेत्रमा १ जना युवक मृत्त फेला परेका छन् । मृत्तक ब्यक्ति पालुङटार नगरपालिका–१ खोप्लाङ, खुर्पाजुङका ३५ बर्षिय अुर्जन नेपाली भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

जिल्ला प्रहरी कार्याय गोरखाका प्रहरी निरिक्षक रबिन्द्र अधिकारीका अनुसार नेपाली सोमबार गोरखा नगरपालिका–११ को बाह्किलो क्षेत्रमा रहेको खशी बोका संकलन केन्द्रमा सुति रहेको अवस्थामा मृत्त फेला परेका थिए ।

मृत्त नेपालीको शरिरमा कुनै पनि चोट पटक नदेखिएको गोरखा प्रहरील जानकारी दिएको छ । मृत्त नेपाली जन्म घरमा नबसी भौतारिएर हिड्ने खालको भएको पनि अनुसन्धानबाट खुलेको प्रनि अधिकारीले जानकारी दिए ।

नेपालीको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ । उनको आज पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

TOP