गोरखामा सुस्त मनस्थिती भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

गोरखामा सुस्त मनस्थिती भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

गोरखा । गोरखाको मसेलमा सुस्त मनस्थिती भएकी १ जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–१ मसेल घर भएका ३५ बर्षिय राजेश सुवेदी भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

सुवेदीले ‘ग कुमारी’ (नाम परिवर्तन) लाई गएको साउन २६ गते शुक्रबार ललाई फकाई आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पिडितका आमाले प्रहरीमा किटानी जाहेरी दिए पछी आरोपित सुवेदीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

पक्राउ परेको सुवेदी बिरुद्व प्रहरीले जबरजस्ती करणी कसूर शिर्षकमा मुद्वा दर्ता गरी बुधबार गोरखा जिल्ला अदालतबाट अनुसन्धान लागि म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

आरोपितलाई म्याद थप गराई प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

TOP