भुटानी शरणार्थीको आवरणमा ठगी प्रकरण सचिव टेकनारायण पाण्डे प्रकाउ

भुटानी शरणार्थीको आवरणमा ठगी प्रकरण सचिव टेकनारायण पाण्डे प्रकाउ

वैशाख २०, काठमाडाैं । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।

उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार नियन्त्रणमा लिएको हो।

आफूमाथि पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी स्रोतले जनाएकाे छ।

गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।

गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब नौ सय जनालाई ठगी गरेको थियो।

जसमा एमालेका नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन्।बादल गृहमन्त्रीबाट हटेपछि कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री भए, उनकै जोडबलमा पाण्डेलाई गृह सचिव बनाइएको थियो । पाण्डेमाथि पनि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

प्रतिक्रिया

TOP