गोरखामा ३ सय ३१ जना सक्रिय कोरोना संक्रमितः आरुघाट गाउँपालीकामा धेरै, बारपाक र चुमनुब्रीमा कम

  • प्रकाशित मिति : July 22, 2021
  • गण्डकी डायरी

गोरखा, ६ साउन । गोरखा जिल्लामा हाल ३ सय ३१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जस मध्ये सबै भन्दा धेरै आरुघाट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालीका र चुमनुब्री गाउँपालीकामा कम सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य कार्यालय गोरखाको तथ्यांक अनुसार आरुघाट गाउँपालिकामा ७३ जना, बारपाक सुलिकोट गाउँपालीका र चुमनुब्री गाउँपालीकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै शहिद लखन गाउँपालिकामा ६४, अजिरकोट गाउँपालिकामा ५८, गोरखा नगरपालिकामा ३६ र गण्डकी गाउँपालिकामा ३१ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।
यसैगरि भिमसेन थापा गाउँपालिकामा ३४,पालुङटार नगरपालिकामा १५ र धार्चे गाउँपालिकामा ९ जना, सिरानचोक गाउँपालिकामा ८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

गोरखामा दोस्रो लहरको कोरोना संक्रमण फैलिए संगै ४ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि भएकोमा ४ हजार १ सय ९६ जना निको भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ ।