गोरखामा रोपाई गरेर फर्केकी बालिकाको पोखरीमा डुबेर मृत्यु

  • प्रकाशित मिति : July 20, 2021
  • गण्डकी डायरी

गोरखा, ५ साउन । गोरखाको पालुङटार नगरपालिका–८ मुलाबारीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बुधबहादुर नेपालीकी छोरी १३ बर्षकी ऋचा नेपालीको पोखरीमा डुबेर मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

आफ्नै खेतमा रोपाई गरेर फर्कने क्रममा स्थानीय रनबहादुर गुरुङले सिंचाईका लागि निर्माण गरेको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको उनले बताए । हातखुट्टा धुन पोखरीको छेउमा पुगेकी नेपाली एक्कासी चिप्लिएर पोखरी खसेको प्रहरीको भनाई छ ।

पोखरीमा डुबेको अबस्थामा उद्धार गरिएकी बालिकालाई उपचारका लागि धुवाँकोट प्राथामिक स्वास्थ्य चौकीमा पु¥याइएको थियो । ऋचाको उपचारका क्रममा करिब साढे २बजे मृत्यु भएको डिएसपी दाहालले बताए ।बालिकाको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।