गोरखाकी एक महिलाको शव दरौदी किनारमा फेला

  • प्रकाशित मिति : July 20, 2021
  • गण्डकी डायरी

गोरखा, ५ साउन । गोरखा खोप्लाङकी एक महिलाको शव दरौदी किनारमा फेला परेको छ । साउन ३ गतेदेखि सम्पर्कविहिन भएकी पालुङटार नगरपालिका वडा नम्वर २ ४८ वर्षकी सुकमाया मग्राती नेपालीको शव गोरखा नगरपालिका १२ हात्तिसार फाँट नजिकै दरौंदी किनारमा फेला परेको हो ।

आइतबार दिउँसो ३ वजेतिर घरबाट निस्किएकी महिला सोही दिन देखि सम्र्पक विहिन भएकी थिइन् । उनलाई स्थानियले छेवेटार पुल नजिकै देखेको बताएका आधारमा आफन्तले खोजी गरिरहेका थिए ।

आज दिउँसो दरौंदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए।