गोरखाको एक घरमा पालेको मृग बन कार्यालयलाई बुझाइयो

  • प्रकाशित मिति : July 20, 2021
  • गण्डकी डायरी

गोरखा, ५ साउन । गोरखाको थानिस्वाँरामा जंगलबाट ल्याएर घरमा पालिएको एक मृग वन कार्यलयलाई बुझाइएको छ । सिरानचोक गाउँपालिका–३, स्थित थानिस्वाँरामा स्थानीयबासी सकुन्तला ढकालले जंगलबाट भेटेर घरमा ल्याई पालेको पोथी मृगको पाठी बन कार्यालयलाई बुझाउनु भएको हो ।

उनले गत असार १५ गते गोठालो जाँदा जंगममा मृग भेटेपछि घरमा ल्याएर पालेकी थिइन्। बन कार्यालयमा बुझाइएको रतुवा मृग करिब डेढ बर्षको रहेको डिभिजन बन कार्यालय पालुङटारका प्रमुख अर्जुनबहादुर अक्षामीले जानकारी दिए ।

‘घरमा पालेर राख्न नपाइने भन्ने जानकारी पाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । इलाका प्रहरी कार्यालय हर्मी र सव डिभिजन बन कार्यालयको टोली घरमै गएर मृगको उद्धार गरि ल्याइएको प्रमख अक्षामीले बताए । उद्धार गरिएको रतुवा मृगलाई उचित बासस्थानान लगेर छोडिने उनको भनाई छ ।