गोरखाको ४ स्थानिय तहमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टी

  • प्रकाशित मिति : July 19, 2021
  • गण्डकी डायरी

गोरखा, ४ साउन। गोरखा जिल्लाका ४ स्थानिय तहमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको आरुघाट, भिमसेन थापा, शहिद लखन र अजिरकोटमा गरी ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।

संक्रमण देखिएका मध्ये पीसीआर परिक्षणबाट ११ महिला र ६ जना पुरुष गरी १७ जना र एन्टिजेन मार्फत परिक्षण गर्दा ९ जना महिला र ११ जना पुरुष गरी २० जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

पीसीआर तर्फ शहिद लखन गाउँपालिका ११ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको छ ।

आज २९ जना महिला र २१ जना पुरुषको पीसीआर परिक्षण नतिजा प्राप्त भएका मध्ये १७ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै गरी आजै एन्टिजेन परिक्षणका क्रममा आरुघाट गाउँपालिकामा ३-३ जना महिला र पुरुष, भिमसेन थापा गाउँपालिमा ६-६ जना महिला र पुरुषका साथै अजिरकोट गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार सोमबार सम्म ३४५ जना सक्रिय संक्रमित रहेका छन् ।