बुढि गण्डकी किनारमा मोबाइल र चप्पल छोडेर गोरखाका एक पुरुष बेपत्ता

  • प्रकाशित मिति : July 18, 2021
  • गण्डकी डायरी

गोरखा, ३ साउन । गोरखाका एक पुरुष बूढीगण्डकी किनारमा आफलेु प्रयोग गर्ने मोबाइल र चप्पल छोडेर बेपत्ता भएका छन् । जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ३ सोतीबजारका ४५ वर्षका भूबहादुर थापा शनिवार दिउँसोदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

शनिबार दिउँसो ४ बजेतिर घरमा श्रीमतिलाई फोन गरेका उनि अबेरसम्म घर नफर्किएपछि छिमेकी सहित खोजबिन गर्ने क्रममा घर नजिकै बूढीगण्डकी किनारमा मोबाइल र चप्पल फेला परेको प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । ति सामग्री आफनै श्रीमान को हो भन्दै बेपत्ता पुरुषकी श्रीमातिले खोजबिनका लागी प्रहरीमा निवेदन दिएकी छिन्। सम्पर्कविहिन भएका पुरुषको खोजी भैरहेको खनालले प्रहरीले जनाएको छ ।