गोरखामा दिदी लिन गएका भाइ खोलाले बगाउदा बेपत्ता

  • प्रकाशित मिति : July 18, 2021
  • गण्डकी डायरी

गोरखा, ३ साउन । गोरखाको उत्तरी क्षेत्रमा दिदी लिन गएका एक भाईलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।

चुमनुब्री गाउँपालिका ३ घट्टेखोलाका ३० वर्षीय विजय गुरुङलाई खोला माथीको काठे पुलबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरीले कार्यालय गोरखाले जनाएको छ ।

घट्टेखोलामा रहेको पुलबाट रातीको ११ बजे खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । दिदीलाई ल्याउने क्रममा रातीको समयमा उक्त घटना भएको थियो ।

प्रहरीको एक टोलीले बेपत्ता गुरुङको खोजी गरीरहेको प्रहरीले जनाएको छ ।