गोरखादेखि विभिन्न स्थान छुट्ने सार्वजनिक यातायातको भाडा वृद्धि (कहाँ पुग्न कति भाडा लाग्छ )

  • प्रकाशित मिति : July 17, 2021
  • गण्डकी डायरी

गोरखा, २ साउन । गोरखादेखि लामो दुरीमा विभिन्न स्थानमा छुट्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था बिभागले सार्वजनिक गरेको सूचना अनुसार अब गोरखादेखि काठमाण्डौसम्मको सार्वजनिक यातायातको भाडा ३८५ पुगेको छ ।

यसअघि साविकको भाडादर ३०७ रुपैया थियो । त्यस्तै गोरखादेखि जनकपुरसम्मको भाडादर ५७८ रुपैयाबाट बढेर ७२५ रुपैया पुगेको छ भने बीरगञ्जदेखि गोरखासम्मको भाडा १०१ रुपैयाले बढेको छ ।

गोरखा बीरगञ्जको यस अघिको भाडा ४०३ रुपैया रहेकोमा बृद्धि पछि अहिले ५०५ रुपैया कायम गरिएको यातायात व्यवस्था बिभागले जनाएको छ ।