गोरखाको बुंकोटको अवस्था जटिल बन्दै :तीन दिनको अन्तरालमा ३८ जनामा कोरोना पोजेटिभ

  • प्रकाशित मिति : July 17, 2021
  • गण्डकी डायरी

गोरखा, २ साउन । गोरखाको बुंकोटमा केहि दिन यता कोरोना संक्रमण दर बढे संगै अवस्था जटिल बन्दै गएको छ । शहिद लखन गाउँपालिका वडा नं ८ बुंकोट छापथोकमा तीन दिनको अन्तरालमा कोरोना संक्रमितको संख्या ३८ जना पुगेको छ ।

सो गाउँमा आज १८ जनाको एन्टिजेन परीक्षण गरिएको १५ जनामा कोरोना पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
सोही ठाउँमा यस अघि २५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टी भएको थियो । यो संगै सो गाउँ कोरोना संक्रमितको संख्या ३८ जना पुगेको छ ।

त्यस्तै आजै ७१ जनाको पिसिआर परिक्षण समेत गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमणको दर उच्च बनेपछि त्यस क्षेत्रमा थप सर्तकता अपनाइएको स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।