गोरखाका एक युवकको भीरबाट लडेर मृत्यु

  • प्रकाशित मिति : July 16, 2021
  • गण्डकी डायरी

गोरखा, १ साउन । गोरखाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।गोरखा घर भएका २७ बर्षका संजोग थापाको पोखरा महानगरपालिका–१८, मेथलाङ डाडोस्थित भिरबाट लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । गएराती करिब २ बजेको समयमा थापा भीरबाट ५० मिटर तल खसेको प्रहरीको भनाई छ ।

लडेर गम्भीर घाइते भएका थापाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनएको छ । उनी पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित मासबारमा बस्दै आएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले थापाका केही साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।