तनहुँमा पहिरोले घर पुरिदाँ एक महिलाको मृत्यु

  • प्रकाशित मिति : July 8, 2021
  • गण्डकी डायरी

तनहुँ, २४ असार । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । वडा नम्बर ७ दधिवनमा पहिरोमा पुरिएर ५२ बर्षीया देवीसरा थापाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

बिहीबार बिहानको पहिरोले उनको घर पुरिएको थियो । दधिवनको ४ घर पनि पहिरोले पुरेको अध्यक्ष श्रेष्ठले बताए ।

ऋषिङ–८ माझकोटका पनि पहिरोमा पुरेर ४० बर्षीय खुमबहादुर थापा बेपत्ता छन् । विहान साढे ५ बजे गोठमा जाने क्रममा पहिरोमा परी बेपत्ता उनको खोजी कार्य जारी छ ।