तनहुँमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा एक युवकको मृत्यु

  • प्रकाशित मिति : July 7, 2021
  • गण्डकी डायरी

तनहुँ । तनहुँको आँबुखैरेनी २ एक्लेफाँट स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा एक युवकको मृत्यु भएको छ। घटनामा परी अर्का किशोर घाइते भएका छन्।

डुम्रेबाट आँबुखैरनीतर्फ गैरहेको लु ८ प ८३५३ नम्बरको मोटरसाइकल फरक दिशातर्फ गइहेको ना ६ ख ६११८ नम्बरको ट्रकको पछाडि ठोक्किँएर पुनः आँबुखैरेनीतर्फ इरहेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा ठोकिएको थियो।

घटनामा एक्लेफाँटकै ३१ वर्षका दुर्गा भुजेलको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकलमा सवार स्थानीय १७ वर्षका साजन भुजेल घाइते भएका छन्।
दुर्घटनापछि केहीबेर राजमार्गमा यातायात अवरुद्ध भएको थियो। अहिले अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।