हृदयघातका कारण वडाध्यक्षको निधन

  • प्रकाशित मिति : July 6, 2021
  • गण्डकी डायरी

लमजुङ । हृदयघातका कारण आज एक वडाका वडाध्यक्षको निधन भएको छ । मनाङको नासों गाउँपालिका ५ थोंचेका वडाध्यक्ष ५० बर्षिय छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन सोमबार भएको गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

बिहान बेँसीसहरस्थित होटलमा हृदयघात भएपछि पुनेललाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ पुर्याइएको थियो । उहाँको उपचारका क्रममा करिब मध्यान्ह्र १२ बजे मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ ।

स्वर्गिय पुनेल नासों गाउँपालिका प्रवक्ता समेत हुनुहुन्थ्यो । उहाँ नेपाली काग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । मृतक पुनेलका आमा, श्रीमती र ५ छोरा छन् ।