नायीका स्वेता खड्का राहात सामाग्री लिएर हेलम्बुमा

  • प्रकाशित मिति : June 24, 2021
  • गण्डकी डायरी

काठमाण्डौं । सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालीकाका बाढी पहिरो पिडितका लागी नायीका स्वेता खड्काले राहात सामाग्री सहयोग वितरण गरेकी छिन् । नायिका खड्का, उनका श्रीमान विजेन्द« खड्का, व्यवसायी विनोद खड्का सहितको टोलीले बुधबार हेलम्बुका बाढी पिडितका लागी राहात सामाग्री वितरण गरेका हुन्।

उनिहरुले २०० घरधुरी परिवारलाई खाना पकाउने ग्याँस चुल्हो सहित सिलिण्डर र ५० जना सुत्केरी महिलाका लागी बिषेश राहात प्याकेज, विभिन्न खाद्यन्न लगायतका राहात सामाग्री बाढी पिडितलाई हस्तान्तरण गरिएको व्यवसायी खड्काले जानकारी दिए । देश तथा विदेशमा रहेका विभिन्न सहयोगी नेपालीहरुबाट प्राप्त रकम मार्फत राहात सामाग्री खरिद गरि बाढी पिडितहरुलाई सहयोग प्रदान गर्न नायीका स्वेता खड्का त्यस क्षेत्र पुगका हुन् ।