लायन्स क्लबद्धारा बोर्लाङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रकाशित मिति : June 22, 2021
  • गण्डकी डायरी

काठमाण्डौं, ८ असार । गोरखाको भिमसेन थापा गाउँपालीका ७ स्थित बोर्लाङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ ।
बोर्लाङ्ग नारायणपुरका देविका पाण्डेको पहलमा लायन्स क्लब अफ नेपाल हाइलाइट्सले बोर्लाङ्ग स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको हो ।

रुमदेवी फाउण्डेशन नेपाल र स्टीचिङ प्रोजेक्टेन इन नेपालको सहकार्यमा लायन्स क्लबले मंगलबार एक कार्यक्रमका बिच बोर्लाङ्ग स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष नारायण श्रेष्ठ र स्वास्थ्य चौकी प्रमुख चण्डीका भट्टलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हुन्।

लायन्स क्लबले जनरल आइशोलेसन बेड ४ थान, डेलिभरी आइशोलेशन बेड एक थान, पिपिइ सेट ५ थान, सर्जिकल मास्क ६०० पिस, डिजिटल थर्मोमिटर ५ थान, थर्मल गन २ थान स्वास्थ्य चौकीलाई सहयोग प्राप्त भएको वडा अध्यक्ष समेत रहनु भएका बोर्लाङ्ग स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै फेस शिल्ड २० थान, सेनिटाइजर २५ लिटर, फिनेल २५ लिटर, स्टिमर ५ थान, पल्स अक्सिमिटर ३ थान लगायतका स्वास्थ्य समाग्री उपलब्ध भएको उनले बताए ।

व्यवस्थापन समितीले स्वास्थ्य चौकीलाई प्राप्त बेड लगायतका स्वास्थ्य सामाग्री ढुवानी खर्चका लागी स्थानिय युवाहरुलाई आग्रह गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । “स्वास्थ्य चौकीलाई सहयोग प्राप्त भएको स्वास्थ्य सामाग्री आफै ढुवानी गर्नुपर्ने भएकाले व्यवस्थापन समिती संग बजेट अभावका कारण हामीले स्थानिय युवाहरुलाई ढुवानी खर्च सहयोग गर्न अनुरोध गरेका छौ, उनले भने, युवाहरु सहयोग गर्न तत्पर रहेका छन् ।

हस्तान्तरण कार्यक्रम बोल्दै अध्यक्ष श्रेष्ठले स्वास्थ्य चौकी सञ्चालनका लागी कर्मचारी अभाव भएको र सिमित कर्मचारीबाट भएपनि स्वास्थ्य चौकीले गुणस्तरीय सेवा प्रदान गरिरहेको बताएका छन् । स्वास्थ्य चौकीमा आवश्यक पर्ने कर्मचारी थप गर्नका लागी आफुले सम्बन्धीत निकाय संग पहल गरिरहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।

स्वास्थ्य चौकीलाई सुविधामुखी बनाउन सधै तत्पर भएर लागी पर्ने उनले प्रतिवद्धता जनाए । विभिन्न संघ सस्थाबाट स्वास्थ्य सामाग्री सहयोग प्राप्त भइरहेको र आवश्यक सामाग्री सहयोगका लागी थप पहल गरिरहेको उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै व्यवस्थापन समितीका उपाध्यक्ष प्रीत्तम श्रेष्ठले नयाँ भवनबाटै सेवा दिन शुरु गरिएको भए पनि स्वास्थ्य सामाग्री अभावका कारण उपचारमा समस्या भइरहेको बताएका छन् । “स्वास्थ्य चौकीले सिमित कर्मचारी र सिमित स्वास्थ्य सामाग्रीबाट राम्रो स्वास्थ्य सेवा प्रदान गरिरहेको छ” उनले भने “बिरामीको उपचारका लागी आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध भएको खण्डक गाउँकै स्वास्थ्य चौकीबाट नागरिकले गुणस्तरीय सेवा पाउन सक्नेछन् ।”

कार्यक्रममा बोर्लाङ्ग टोल सुधार समितीका अध्यक्ष बुद्धि श्रेष्ठ, श्री सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामचन्द« पौडेल, स्थानीय बुद्धिजिवी समाजसेवी, स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम बोर्लाङ्ग स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।