सरस्वती मावि बोर्लाङ्गमा ५० हजार रुपैयाको फुलमाया स्मृती अक्षयकोष स्थापना

  • प्रकाशित मिति : June 20, 2021
  • गण्डकी डायरी

काठमाण्डौ, ६ असार । गोरखाको बोर्लाङ्ग स्थित श्री सरस्वती माध्यमिक बिद्यालयमा ५० हजार रुपैयाको फुलमाया स्मृती अक्षयकोष स्थापना गरिएको छ । भिमसेन थापा गाउँपालीका ७ बोर्लाङ्गमा रहेको सो बिधालयमा आफ्नी स्वर्गीय दिदी फुलमाया श्रेष्ठको सम्झनामा गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्तिका लागी भाइ राजु श्रेष्ठले २५ हजार रुपैयाको अक्षयकोष स्थापना गरेको जनस्वास्थ्यकर्मी प्रीत्तम श्रेष्ठले जानकारी दिए ।

यस अघि स्वर्गीय श्रेष्ठको सम्झनामा उनकी बहिनी विष्णु श्रेष्ठले सोहि बिद्यालयमा २५ हजारको अक्षयकोष स्थापना गरेकी थिइन् । सो बिद्यालयका पुर्व बिद्यार्थी समेत रहेका राजु श्रेष्ठले सोहि अक्षय कोषमा आज आफ्नो छोराको छेवर वर्तबन्धको खर्चबाट २५ हजार थप गरि फुलमाया स्मृती अक्षयकोषमा रकम ५० हजार रुपैया पुर्याएका हुन् ।

उनले आइतबार बिद्यालयका व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका वडा अध्यक्ष नारायण श्रेष्ठ र प्रधानाध्यापक रामचन्द« पौडेललाई अक्षयकोषको रकम हस्तान्तरण गरेको छ ।
सो अक्षय कोष मार्फत बिधालयका गरीब तथा जेहेन्दार बिधार्थीलाई छात्रवृत्ती प्रदान गरिने बिधालयले जनाएको छ ।

स्वर्गीय फुलमाया श्रेष्ठको गत बर्ष स्कुटर दुर्घटनामा परि मृत्यु भएको थियो । शहिद लखन गाउँपालीका ८ बुंकोट घर भएका उनि सोहि गाउँको राम्चे प्राविमा अध्यापन गराउथिन् । श्रेष्ठ श्री सरस्वती माविका भुतपुर्व बिद्यार्थी समेत थिइन् । आफ्नो मृतक दिदीको आत्माको चिर शान्तीको कामना गर्दै गरिब तथा जेहेन्दार बिद्यार्थीलाई पढ्न सहज वातावरण मिलाउनका लागी अक्षयकोषको स्थापना गरिएको सहयोगी राजु श्रेष्ठको भनाईलाई उदृत गर्दै जनस्वास्थ्यकर्मी श्रेष्ठले गण्डकी डायरीलाई जानकारी दिए ।