मर्स्याङ्दीमा बाढी आउन सक्ने भएकाले सचेत रहन प्रशासन कार्यलय गोरखाको आग्रह

  • प्रकाशित मिति : June 19, 2021
  • गण्डकी डायरी

गोरखा, ५ असार । जिल्ला प्रशासन कार्यालय गोरखाले मस्र्याङ्दी नदीमा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

कार्यलयले शनिबार एक सूचना जारी गर्दै मनाङको ङिस्याङ गाऊँपालिकाको हुम्दे भन्ने स्थानमा मस्र्याङ्दी नदि थुनिएको र हाल खोलिँदै गएकाले बाढी आउन सक्ने खतरा भएको जनाएको हो ।

मस्र्याङदी नदिको माथिल्लो क्षेत्रमा भारी बर्षाका बाढी पहिरो आउन गइ ढुंगा मुढा, माटो तथा रुखहरुले नदी थुनिने, ताल बन्ने र खोलिने क्रम आगामी केहि दिन सम्म रहने सम्भावना रहेकाले सचेत रहन जिल्ला प्रशासन कार्यलय गोरखाले आग्रह गरेको छ ।