अस्पतालमा कोरोना खोप पुर्याउन गएकी स्वास्थ्यकर्मीको शव फेला

  • प्रकाशित मिति : June 19, 2021
  • गण्डकी डायरी

डडेल्धुरा, ५ असार । कोरोना खोप पुर्याउन गएकी एक २६ बर्षकी स्वास्थ्यकर्मीको शव फेला परेको छ । डडेल्धुराको परशुराम नगरपालिका–८, जमरानी स्थित आधारभूत स्वास्थ्यकेन्द्रमा कार्यरत अस्मिता धामीका आज शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय जोगबुढा अस्पतालमा स्वास्थ्य सामग्री पु¥याउन जाने क्रममा बेपत्ता भएकी धामीको खोजी गर्ने क्रममा शव भेटिएको हो ।

छोरी बेपत्ता भएपछि खोजी गरिदिन परिवारले प्रहरीलाई निवेदन दिएपछि धामीको खोजी सुरु गरिएको थियो । युवतीको शव हत्या गरेर फालेको जस्तो देखिएको स्थानीयको भनाई छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । हत्या भएको हो वा होइन भन्ने बारेमा खुल्न बाँकी रहेको जनाइएको छ ।