पहिरोले डोजर पुरिदा दुई जना बेपत्ता

  • प्रकाशित मिति : June 19, 2021
  • गण्डकी डायरी

धादिङ, ५ असार । धादिङमा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोले डोजर पुर्दा शुक्रवार बेलुकादेखि दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङबेसीको तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका –५ का जोजो तामाङ बेपत्ता भएका हुन् । बेपत्ता दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पानी परेर खोलामा बाढी आउँदा समेत काम गरिरहेको थियो । स्थानीयका अनुसार संगै सडक खनिरहेका ३  डोजर मध्ये एउटा डोजरलाई पहिरोले लागेको हो । घटना लगत्तै उद्धारको प्रयास भएपनि वर्षाका कारण समस्या भएको थियो।