सिन्धुपाल्चोकका बाढी पिडितलाई नायिका स्वेता खड्काको टोलीले बाड्यो राहात

  • प्रकाशित मिति : June 19, 2021
  • गण्डकी डायरी

काठमाण्डौं, ५ असार । यो बर्षको मनसनु सुरु भए संगै सिन्धुपाल्चोक जिल्लामा प्राकृतिक विपद्ले धेरै क्षती पुर्याएको छ । मेलम्ची क्षेत्रमा अचानक आएको विनाशकारी बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ सर्वसाधारण विस्थापित भए भने केही व्यक्तिको मृत्यु समते भएको छ ।

भिषण बाढीका कारण घरबार बिहिन तथा अलपत्र परेका बाढी पिडितका लागी राहात सामाग्री सहयोग गर्ने क्रम पनि बढिरहेको छ ।

यसैबिच शुक्रबार सिन्धुपाल्चोकका बाढी पिडितका लागी नायिका स्वेता खड्काको अगुवाइमा राहत सामाग्री सहयोग गरिएको छ । बाढीका कारण अलपत्र परेका स्थानीयलाई राहात सामाग्री सहयोग गर्नका लागी नायिका स्वेता खड्का, व्यवसायी विजेन्द« खड्का, व्यवसायी विनोद खड्का सहितको टोली हेलिकप्टर मार्फत त्यहाँ पुगका थिए ।

इन्द्रवती नदीमा आएको भिषण बाढीले हेलम्बु गाउँपालिकाको बस्तीमा ठूलो जनधनको क्षति गरेकाले डुवानमा परेका स्थानियलाई उनिहरुले राहात वितरण गरेको हो ।

उक्त गाउँपालीकाको डुबानमा परेका ४ वटा वडाका १०० घरधुरी बाढी पीडितका लागि चामल, दाल लगायतका खाद्यान्न, लत्ता कपडा सहितका राहत सामाग्री वितरण गरिएको व्यवसायी विनोद खड्काले बताए । उनका अनुसार बाढीका कारण विद्युत आपुर्ति बन्द भएकाले २ वटा जेनेरेटर समेत सहयोग प्रदान गरिएको छ ।

हेलिकप्टर मार्फत विरामी सुत्केरी महिलाको समेत उद्धार गरि काठमाण्डौं उपचारका लागी ल्याइएको व्यावसायी खड्काले बताए ।