६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

  • प्रकाशित मिति : June 19, 2021
  • गण्डकी डायरी

गोरखा, ५ असार । पोखरामा ६ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियाेगमा एक युवक पक्राउ परेका छन् । कास्कीकाे पाेखरा१३ कसेरी, खहरेकी ६ वर्षीया बालिकालाई घरमा काेही नभएकाे समयमा ललाइ फकाइ धम्काएर बलात्कार गरेकाे अभियाेगमा २३ वर्षीय विशाल परियार बिहिवार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सोहो ठाउँमा मिस्त्री काम गर्ने परियारले बालिकालाई पटक पटक ललाइ फकाइ धम्क्याउने गरेका थिए । बालिकाकाे घरमा काेही नभएकाे समयमा काेठा बन्द गरेर दुर्व्यवहार गरेकाे देखेपछि परिवारकाे सदस्यले खबर गरेका थिए ।

उनलाई जवरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनकाे म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय पाेखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।