८१ बर्षीय बृद्धले गरे झुण्डिएर आत्महत्या

  • प्रकाशित मिति : June 18, 2021
  • गण्डकी डायरी

स्याङजा, असार ३ । स्याङजामा एक बृद्धले झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्लाको फेदीखोला गाउँपालिका १ का ८१ बर्षीय पुरुष घनश्याम पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी घर नजिकैको रुखमा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङजामा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।