शहीदलखन गाउँपालिका ६ का १५ जनामा कोरोना संक्रमित पुष्टि

  • प्रकाशित मिति : June 9, 2021
  • गण्डकी डायरी

गोरखा, २६ जेठ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ६ बतासेमा १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गत २४ गते पिसिआर परिक्षणका लागि २२ जनाको स्वाव संकलन गरिएको थियो । जस मध्ये ८ जना महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।