गोरखाका स्थानीय तहलाइ युवा व्यावसायी खत्रीले गरे ६ वटा एम्बुलेन्स सहयोग

  • प्रकाशित मिति : June 9, 2021
  • गण्डकी डायरी

गोरखा, २६ जेठ। गोरखाका विभिन्न पाचँ स्थानिय तहलाई ६ वटा एम्बुलेन्स सहयोग प्राप्त भएकाे छ । आरुघाट गाउँपालीका आरुपोखरी घर भइ काठमाण्डौमा पर्यटन क्षेत्रमा व्यावसाय गर्दै आएका युवा व्यावसायी प्रेम कुमार खत्रीले गोरखाका पाँच स्थानीय तहलाइ ६ वटा एम्बुलेन्स सहयोग प्रदान गरेका हुन् ।

खत्रीको सम्भव नेपाल नामक ग्रैरसरकारी संस्थाले जिल्लाको गोरखा नगरपालिकाका लागि २ वटा, गण्डकी, भिमसेन थापा, बारपाक सुलिकोट र धार्चे गाउँपालिकालाइ एक एक वटा एम्बुलेन्स सहयोग गरेको हो । उनि नेपाली काङ्रेसको जिल्ला महाधिबेशन प्रतीनिधी समेत हुन् ।