गोरखामा कोरोना संक्रमणबाट एक महिलाको होम आइशोलेसनमै मृत्यु

  • प्रकाशित मिति : June 9, 2021
  • गण्डकी डायरी

गोरखा, २६ जेठ । गोरखामा कोरोना सङक्रमणका कारण एक महिलाको मंगलबार मृत्यु भएको छ । जिल्लाको अजिरकोट गाउँपालिका ४ मुच्चोककी ६२ बर्षिया एक महिलाको होम आइशोलनमा नै मृत्यु भएको हाे ।

स्वास्थ्यमा समस्या आएपछि जेठ २२ गते प्राथमिक स्वास्थ्य चौकी जौबारीमा एन्टिजेन बिधिबाट परिक्षण गर्दा उनको रिर्पो कोरोना पोजेटिभ आएको थियो । थप उपचारको लागि गोरखा जिल्ला अस्पताल ल्याई सामान्य उपचार गरी २३ गते घर लगिएका उनको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।

उनको दरौँदी नदि किनारमा दाहसँस्कार गरिएको छ ।