बुढीगण्डकी नदिले मलामी गएका ३ युवकलाई बगायो

  • प्रकाशित मिति : June 8, 2021
  • गण्डकी डायरी

धादिङ, २५ जेठ। बुढिगण्डकी नदिले बगाउँदा मलामी गएका ३ जना युवक बेपत्ता भएका छन् ।धादिङको ज्वालामुखी गाउँपालिकाका ३ जना युवक बुढी गण्डकी नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बेपत्ता हुनेहरुमा ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का अन्दाजी २२ वर्षका सुवास नेपाली, २२ वर्षका दिनेश नेपाली र १९ वर्षका सन्तोष नेपाली स्थानीयले बताएका छन् ।

मंगलबार जोगिटार गाउँका एक आफन्त बितेपछि मलामी गएका उनिहरु नदीमा नुहाउने क्रममा एक्कासी नदीले बगाएर बेपत्ता बनएको हो । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ । स्थानीयबासी तथा प्रहरीको टोलीले बेपत्ताको खोजीमा जुटेको प्रहरीले जनाएको छ ।