कोरोना संक्रमणबाट एकैदिन १०८ जनाको मृत्यु

  • प्रकाशित मिति : June 8, 2021
  • गण्डकी डायरी

काठमाडौं, २५ जेठ । पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।