जसपाद्वारा बोर्लाङ्ग स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्स्ट्रेटर सहयोग

  • प्रकाशित मिति : June 8, 2021
  • गण्डकी डायरी

गोरखा, २५ जेठ । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा नागरिकको जीवन रक्षाका लागि गोरखाको बोर्लाङ्ग स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्स्ट्रेटर सहयोग प्राप्त भएको छ । जनता समाजवादी पार्टी केन्द्रिय कार्यलयले करिब ६ लाख ५० हजार मूल्य बराबरको अक्सिजन कन्स्ट्रेटर बोर्लाङ्ग स्वास्थ्य चौकीलाई सहयोग गरेको जसपा बोर्लाङ्गका संयोजक बुद्धि श्रेष्ठले जानकारी दिए ।

जसपा गोरखाका अध्यक्ष नारायण खत्रीले आज एक कार्यक्रमका बिच बोर्लाङ्ग स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष प्रीत्तम श्रेष्ठ लगायतको स्वास्थ्य संस्थाका टिमलाई अक्सिजन कन्स्ट्रेटर हस्तान्तरण गरेको उनले बताए ।
संयोजक श्रेष्ठका अनुसार ५०० थान सर्जिकल मास्क समेत सहयोग प्रदान गरिएको छ।

अक्सिजन अभावका कारण कोरोना संक्रमित लगायतका बिरामीको उपचारमा कुनै समस्या हुन नदिन अक्सिजन कन्स्ट्रेटर सहयोग गरिएको उनको भनाइ छ ।

हस्तान्तरण कार्यक्रम जसपाका केन्द्रिय सदस्य, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।