गोरखामा थप एक कोरोना संक्रमित पुरुषको होम आइसोलेशनमा मृत्यु

  • प्रकाशित मिति : June 5, 2021
  • गण्डकी डायरी

गोरखा, २२ जेठ । गोरखामा थप एक कोरोना संक्रमित पुरुषको होम आइसोलेशनमा मृत्यु भएको छ ।

बारपाक सुलिकोट गाउँपालिका वडा न १ का ६७ बर्षिया वृद्धको कोरोना संक्रमण्बाट गत बिहिवार मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ। निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार उनलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।