गोरखाको चार स्थानिय तहमा थप ५० जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : June 4, 2021
  • गण्डकी डायरी

गोरखा, २१ जेठ । गोरखा जिल्लामा शुक्रवार थप ५० जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको पिसिआर परिक्षणमा आरुघाट, सिरानचोक, शहिद लखन र चुमनव्रि गाउँपालिकाका गरि ५० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेहरुमा आरुघाट गाउँपालीकाका २३ जना रहेका छन् । संक्रमितहरु मध्ये वडा नम्वर ५ का १६ जना, वडा नम्वर ६ र १० का ३÷३ जना र वडा नम्वर ९ का १ जना रहेका छन् ।

गाऊँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले दिएको जानकारी अनुसार संक्रमित हुनेमा एक जना आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षकी स्वास्थ्यकर्मी समेत रहका छन् ।

शहिद लखन गाऊँपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्वर ४ का ५ महिला र ७ पुरुष तथा वडा नम्वर २ का २ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको गाऊँपालिकाका स्वास्थ्य शाखा संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सिरानचोक गाऊँपालिका वडा नम्वर ८ मा भएको एन्टिजेन परिक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । सो ठाऊँका ४३ जनाको एन्टिजेन परिक्षण गर्दा ६ महिला र २ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले जानकारी दिए ।

उनका अनुसार चुमनुब्री गाऊँपालिकाले वडा नम्वर ३ को घट्टेखोलामा गरेको एन्टिजेन परिक्षणमा ६ र २१ वर्षका पुरुष तथा ३१ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ ।