आँबुखैरेनीमा सवारी दुर्घटना, गोरखाका २ जना घाइते

  • प्रकाशित मिति : May 26, 2021
  • गण्डकी डायरी

गोरखा, ११ जेठ । तनहुँको आँबुखैरेनीमा रोकी राखको मिनि ट्रकलाई ट्रकले ठक्कर दिदाँ गोरखाका २ जना घाईते भएका छन् । मंगलबार दिउसो १२:२० बजेको समयमा आँबुखैरेनी गाउँपालिका ४ को ऐनापहरामा बिग्रिएर रोकिराखेको बा ३ ख ६१९७ नम्बरको मिनि ट्रकलाई खैरेनी बजारबाट मुग्लिन तर्फ जादै गरेको ग १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा गोरखाका दिपक बोहरा र बरुण केसी घाईते भएका हुन् ।

आँबुखैरेनी प्रहरी चौकीले दिएको जानकारी अनुसार खैरेनी बजारबाट मुग्लिन तर्फ जादै गरेको ट्रकले रोकिराखेको मिनि ट्रकलाई ठक्कर दिदाँ मिनि ट्रकका चालक गोरखा जिल्ला गोरखा नगरपालिका ५ बस्ने बर्ष ३५ का दिपक बोहरा र मिनि ट्रकमा सवार गोरखा नगरपालिका ९ लक्ष्मी बजारका बरुण केसी घाईते हुनुभएको हो
ट्रकको ठक्करबाट चालक सामान्य घाईते भएका भए पनि अर्का ब्यत्ति बरुण केसी भने गंभिर घाईते भएका कारण उपचारको लागि भरतपुर लगिएको आँबुखैरेनी प्रहरीले जनाएको छ ।