गोरखामा १७१ सहित गण्डकी प्रदेशमा ९४६ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : May 23, 2021
  • गण्डकी डायरी

गोरखा, ९ जेठ । आइतबार गण्डकीमा ९४६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८८५ जनामा गरिएको नमुना परीक्षणमा थप ९४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअनुसार गोरखाका १७१ जना,कास्कीका २९५ जना, तनहुँका ६१ जना, लमजुङका ८ जना, नवलपुरका २५ जना र स्याङ्गजाका ९० जना छन्।

यस्तै, पर्वतका १८ जना, बाग्लुङका ९५ जना, म्याग्दीका १८१ जना र मुस्ताङ जिल्लाका दुई जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३४ हजार ५८२ पुगेको छ । जसमा १० हजार २८४ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६९९ जना संक्रमणमुक्त भएका छन् । योसंगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार ७६४ पुगेको छ।