गण्डकी प्रदेश सरकारले गोरखाका १० स्थानीय तहलाई ५/५ लाख उपलब्ध गराउने

  • प्रकाशित मिति : May 23, 2021
  • गण्डकी डायरी

गोरखा, ९ जेठ। गण्डकी प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी गोरखाका १० वटा पालिकालाई ५/५ लाख रुपैँया रकम उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी लिएका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखाका १० सहित गण्डकी प्रदेशका ७२ वटा स्थानिय तहलाई ५ लाख रुपैयाका दरले उपलब्ध गराउने निर्णय गरेका हुन् । मन्त्रालयद्धारा बिनियोजित उक्त रकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा पालिकाहरुले खर्चन सक्ने छन् ।

मुख्यमन्त्री सचिवालयका अनुसार गोरखाको गोरखा नगरपालीका बाहेक सबै स्थानिय तहले अनदान रकम पाउनेछन् ।

अनुदान रकम आइसोलेसन सेन्टरको संरचना तयार गर्न, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिण्डर खरिद, अक्सिजन कन्सन्ट्रेटर खरिद, अक्सिजन दिनका लागि फेस मास्क, पल्स अक्सिमिटर, बिरामी शैया ब्यबस्थापन लगायतमा सो रकम खर्च गर्नुपर्ने प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हस्ताक्षरपछि मुख्यमन्त्री गुरुङले स्मार्ट सिटीमा स्मार्ट हेल्थको कार्यक्रम आवश्यक पर्ने बताए । पिसीआर रिपोर्ट २४ घण्टा भित्रमा दिने ब्यव्वस्था गर्न आवश्यक रहेको भन्दै त्यसको तयारी गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।