गोरखा ५५ सहित गण्डकीमा ५२३ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : May 22, 2021
  • गण्डकी डायरी

गोरखा, ८ जेठ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार आज थप ५२३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअनुसार कास्कीका ५१ जना, तनहुँका ५६ जना, गोरखाका ५५ जना, लमजुङका ३२ जना, नवलपुरका १३८ जना र स्याङ्गजाका ८० जना छन्।

यस्तै, पर्वतका एक जना, बाग्लुङका छ जना र म्याग्दी जिल्लाका १०४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३३ हजार ६३६ पुगेको छ ।